काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटनशत्रमा समारोह कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन्। आज मध्याह्नपछि खुलामन्चमा सुरु हुन लागेको महाधिवेशनमा कांग्रेसले सबै दलका शीर्ष नेतालाई निम्तो दिएको थियो। तर ओली भने नजाने भएका छन्।
उनी आज पार्टीकै कार्यक्रममा व्यस्त हुने भएकाले कांग्रेसको उद्घाटनशत्रमा महासचिव शंकर पोखरेल जाने भएका हुन्।
प्रकाशित: १८ असोज २०८३ १०:५२ | Sunday, October 4, 2026
प्रतिक्रिया



