प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

हिमाल प्रेस २ मंसिर २०८३ १२:५० | Wednesday, November 18, 2026
प्रतिनिधिसभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्‍यो : ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताएका छन्।

राष्ट्रिय भेलाको उद्घाटन समारोहमा अध्यक्ष ओलीले बेलाबेला अदालतलबाट संसद सम्बन्धी आफूखुसी गरेको फैसलालाई स्वीकार्दै आएको औंल्याउँदै अहिले किन चुप भनेर अदालतप्रति प्रश्न गरेका छन्। उनले भने, ‘प्रतिनिधि सभाको विघटन सम्बन्धी सम्मानित अदालतबाट आफू अनुकुल फैसला भइरहेको देखेकै हो। हामीले स्वीकार्दै आएका हौँ। अहिले सम्मानित प्रतिनिधि सभाको मुद्दा अदालतमा छ। तर अदालतले प्रतिनिधिसभा संवैधानिक होइन जस्तो गरेको छ। कुनै फैसला गर्दैन।’

प्रकाशित: २ मंसिर २०८३ १२:५० | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast