‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत धान काट्दै जीवनज्योति माविका शिक्षक, विद्यार्थी

हिमाल प्रेस २ मंसिर २०८३ १२:५२ | Wednesday, November 18, 2026
‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत धान काट्दै  जीवनज्योति माविका शिक्षक, विद्यार्थी

गोरखा‍- अजिरकोट गाउँपालिका-३ स्थित जीवनज्योति माध्यमिक विद्यालयमा सञ्चालित ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरू धान काट्न जुटेका छन्।

विद्यार्थीलाई पढाइसँगै व्यावहारिक ज्ञान, सीप र श्रमप्रतिको सम्मान सिकाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरू सामूहिक रूपमा धान काट्न सहभागी भएका हुन्।

अजिरकोट गाउँपालिकाको संयोजन तथा सिकोडर नेपालको आर्थिक सहयोगमा विगत तीन वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको यस कार्यक्रमले विद्यार्थीलाई कृषि तथा उत्पादनमूलक कामसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको छ।

कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यवहारमै काम गरेर सिक्ने अवसर प्रदान गरेको वडा नम्बर ३ का अध्यक्ष बाबुराम अधिकारीले बताए। यस्ता कार्यक्रमले विद्यार्थीमा श्रमप्रतिको सम्मान, आत्मनिर्भरता र व्यावहारिक सीपको विकास गर्न सहयोग पुग्ने उनको भनाइ छ।

पढाइसँगै उत्पादनमूलक गतिविधिमा सहभागी गराउने यस कार्यक्रमले विद्यालय शिक्षालाई जीवनोपयोगी बनाउनुका साथै विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्न प्रेरित गर्ने वडा अध्यक्ष अधिकारीको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast