पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

हिमाल प्रेस २ मंसिर २०८३ १२:३४ | Wednesday, November 18, 2026
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने शिक्षामन्त्री सुमना श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौँ-  पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले काठमाडौँको समग्र विकास र परिवर्तनका लागि आफूले मेयर पदमा प्रतिस्पर्धा गर्ने निर्णय लिएको जानकारी दिएकी हुन् ।

आफ्नो जीवन र कार्यक्षेत्रबाट हासिल गरेको क्षमता अब काठमाडौंको सेवामा लगाउने उनको भनाइ छ । ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित। आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।’

उनले कुनै दलबाट वा स्वतन्त्र रूपमा उम्मेदवारी दिने भन्ने विषयमा भने विस्तृत खुलाएकी छैनन्। गत आम निर्वाचनअघि उनले रास्वपा परित्याग गरेकी थिइन् ।

प्रकाशित: २ मंसिर २०८३ १२:३४ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast