एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

हिमाल प्रेस २ मंसिर २०८३ ११:३९ | Wednesday, November 18, 2026
एनपीएलमा सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको राजस्थानस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया छन्। उनी काठमाडौँ महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग–२०२६ का खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा पथरियाले एनपीएलका विभिन्न क्रिकेट खेलमा पटकपटक गरी ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको रकम सट्टेबाजीमार्फत कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।

उनीमाथि जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित: २ मंसिर २०८३ ११:३९ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast