बजेटबारे केपी ओली : असन्तुष्टि छैन, छलफल गरेको भए हुन्थ्यो भन्ने हो

हिमाल प्रेस २० जेठ २०८१ १७:२६
34
SHARES
बजेटबारे केपी ओली : असन्तुष्टि छैन, छलफल गरेको भए हुन्थ्यो भन्ने हो फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटप्रति असन्तुष्टि नरहेको बताएका छन्। आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सञ्चारकर्मीहरुले बजेटप्रति असन्तुष्टि हो ? भन्ने प्रश्नमा असन्तुष्टि नरहेको तर छलफल गरेर बजेट ल्याएको भए झनै राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए। उनले भने, ‘असन्तुष्टि होइन, छलफल गरेको भए अझ राम्रो हुन्थ्यो।’

संसदमा आइतबार आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ।

प्रकाशित: २० जेठ २०८१ १७:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =