भारतमा लोकसभा चुनाव सकियाे, कसले ल्याउला बहुमत?

हिमाल प्रेस १९ जेठ २०८१ १९:५४
16
SHARES
भारतमा लोकसभा चुनाव सकियाे, कसले ल्याउला बहुमत? भारतको वाराणसीमा शनिबार चुनावको सातौं र अन्तिम चरणमा मतदान गरेपछि महिलाहरूले आफ्नो हातको औंलामा मसीको छाप देखाउँदै। तस्बिर : एपी/रासस

नयाँदिल्ली- भारतमा लोकसभाको चुनाव आज (शनिबार) सम्पन्न भएको छ। सातौं तथा अन्तिम चरणको आजको मतदानसँगै लोकसभाका सबै ५ सय ४३ निर्वाचन क्षेत्रको मतदान पूरा भएको हो। विश्वकै ठूलो लोकतन्त्रको पगेरी लगाएको भारतले करिब ९७ करोड भोटर मध्ये कतिले मत खसाले त्यसको जानकारी आउन बाँकी नै भए पनि भारतमा एक अर्का गठबन्धनले आफूले जित्ने दाबी सुरु गरेका छन् यद्यपि चुनावी परिणाम तीन दिनमा आइसक्नेछ।

भारतीय जनता दल (भाजपा) को गठबन्धन एनडीएले बहुमत ल्याए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीको सपथ खाने छन् भने पुन: कांग्रेसआइले विभिन्न ४० दलसँग मिलेर बनाएको इन्डिया गठबन्धनले बहुमत ल्याएमा ६० वर्ष भारतको राजनीतिको नेतृत्व गरेको कांग्रेस १० वर्षपछि पुन नेतृत्वमा फर्कनेछ। निर्वाचन सकिएलगत्तै भारतीय राष्ट्रिय कंग्रेसका सभापति मल्लिकअर्जुन खर्गेले इन्डिया गठबन्धनले २ सय ९५ सीट आफ्नोपक्षमा रहेको दाबी गरेका छन्।

मोदीले दुईतिहाइ ल्याएर भारतको संविधानमा नै परिवर्तन गर्ने बताइरहेको अवस्थामा विपक्षी गठबन्धनले बहुमतभन्दा ज्यादा मत ल्याउने घोषणाले मोदीलाई बेचइन बनाएको छ यद्यपि मोदी पछिल्लो मौन अवधिमा ध्यान गर्न गएका थिए। विपक्षी दलको नेताहरूसँग सभापति खर्गेले इन्डिया गठबन्धनले २९५ भन्दा बढी मत ल्याउने बताएको भारतीय न्यूज पोर्टल लाइभ मिन्टले जनाएको छ।

तर निर्वाचन पछिको पोलले भने इन्डिया गठब्रन्धन कमजोर देखिएको छ। अप्रिल १९ मा पहिलो चरणको मतदानपछि विश्वकै ठूलो लोकतन्त्र भएको मुलुकमा निर्वाचन सुरु भएको थियो। त्यसयता चरणबद्ध मतदान भएर सातौं चरणको मतदान आज सकिएको हो। भारतीय निर्वाचन आयोगकाअनुसार अन्तिम चरणमा ८ राज्यका ५७ लोकसभा सिटका लागि चुनाव भएको थियो।

अन्तिम चरणमा पञ्जाब र हिमाचलका सबै लोकसभा क्षेत्रमा चुनाव भएको हो अनि बिहारका ८, चण्डिगढका १, हिमाचलका ४, झारखण्डका ३ सिटमा पनि चुनाव हुँदैछ।  उडिसाका ६, पञ्जाबका १३, उत्तरप्रदेशका १३ र पश्चिम बंगालका ९ लोकसभा सिटमा चुनाव भएको हो। सबै क्षेत्रमा गरेर सातै चरणमा ९ सय ४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।

यस चरणमा प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा पनि चुनाव भएको थियो। कांग्रेसले मोदीको प्रतिस्पर्धामा अजय राजयलाई उतारेको थियो। मोदी वाराणसी क्षेत्रबाट तेस्रोपटक चुनाव लड्दै छन् । गोरखपुर सिटमा भाजपा उम्मेदवार अभिनेता रवि किसन, हिमाचलको मण्डी सिटबाट अभिनेत्री कंगना रनवतको चुनावी फैसलाबारे मतदाताले आफ्नो निर्णय सुनाउने छन् ।

कंग्रेस सभापति खर्गेले भने झै चुनावी परिणाम आएमा विपक्षी गठबन्धनले बहुमत पार गर्ने दृश्य देखिनेछ जुन मोदी पुनः प्रधानमन्त्रीमा दोहोरिने भाजपाको दाबीको विपरीत हुनेछ भने यता ४० दल मिलेर बनेको विपक्षी गठबन्धनले बहुमत ल्याएमा भारतको परिदृष्य नै फरक हुने देखिन्छ। ५४३ सीट भएको भारतीय लोकसभा जुन नेपालको प्रतिनिधिसभा जस्तै हो त्यसको सामान्य बहुमत २७२ सीट हो।

सात चरणमा भएको भारतीय लोकसभाको आज भएको चुनाव अन्तिम हो । दोस्रो चरणको अप्रिल २६ अनि तेस्रो र चौथो चरणको क्रमशः मे ७ र १३ मा सम्पन्न भएको थियो। यस्तै पाँचौं, छैटौं चरणको मतदान भने क्रमशः मे २० र २५ मा भएको थियो।

एनडीटीभीको एक्जिट पोलको दाबी : भाजपा गठबन्धन अगाडि

भारतीय टेलिभिजन एनडीटीभीले लोकसभा निर्वाचनको एक्जिट पोल सार्वजनिक गरेसँगै विवादित बनेको छ। विज्ञहरूले यो पोलको बारेमा विवाद गरिरहेका छन्। कतिपयले अहिले भारतीय मिडिया एकोहोरो रहेको भन्ने आरोप लगाइरुहेका छन्। निर्वाचन सकिए लगत्तै एक्जिट पोल सार्वजनिक गरेको हो।

उसले भाजपा जोडिएको एनडीए गठबन्धनले ३५० सीट ल्याउने उल्लेख गरेको छ। लोकसभाको सामान्य बहुमत २७२ नै काफी हुनेछ। कंग्रेससहित विपक्षी दलहरू मिलेर बनाइएको इन्डिया गठबन्धनले भने १५० सीटमात्रै ल्याउने एनडीटीभीको एक्जिट पोलको दाबी छ।

१९ अप्रिलबाट सुरु भएको भारतको सात चरणको निर्वाचन अन्तिम तथा सातौ चरणको मतदान आज शनिबार सकिएको हो। जुन ४ बाट गणना तथा औपचारिक परिणाम आउन सुरु हुने र त्यही दिन बेलुका सबै मतपरिणाम आउने उल्लेख छ।

प्रकाशित: १९ जेठ २०८१ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − four =