वीरगन्ज- जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले जिल्लावासीलाई भारी वर्षामा सतर्क रहन अनुरोध गरेको छ।
असोज ९ देखि असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन चट्याङ र हावाहुरीसहित भारी वर्षा हुने मौसम विज्ञान विभागको समाचारलाई ध्यानमा राख्दै जिल्लावासीलाई सचेत रहन अनुरोध गरिएको हो।
जिप्रकाले आज सूचना जारी गरी उक्त अवधिमा जरुरी नभई यात्रा नगर्न र जिल्लामा रहेका साना तथा ठूला खोला नदीको तटीय क्षेत्रमा बसोबास नगर्न अपिल गरेको छ।
वर्षा र बाढीबारे जानकारी लिन ११५५ मा सम्पर्क गर्न, विपद्मा मद्दत माग्न १२३४, नेपाल प्रहरीको हटलाइन १०० र सशस्त्र प्रहरी बल, नेपालको हटलाइन नम्बर १११४ मा सम्पर्क गर्नुपर्नेमा जिप्रकाको जोड छ।
जिप्रकाले भनेको छ,‘नेपाल मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमानरपूर्वसूचनारचेतावनीसम्बन्धी जानकारी लिइरहनुहुन पनि अनुरोध गर्दछौँ ।’ सहायक प्रजिअले भनेका छन्।



