गृहमन्त्री गुरुङ एमाले पार्टी कार्यालयमा!

हिमाल प्रेस ९ असोज २०८३ १४:०५ | Friday, September 25, 2026
गृहमन्त्री गुरुङ एमाले पार्टी कार्यालयमा!

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले ललितपुरको च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालय आसपासमा मनोहरा खोला उर्लिएपछि स्थलगत निरीक्षण गरेका छन्।

बिहीबारदेखि निरन्तर भइरहेको वर्षाका कारण खोला आसपासको जलसतह र बहाब बढेपछि पार्टी कार्यालय डुबानमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ निरीक्षणका लागि च्यासल पुगेका हुन्।

उनले कार्यालय आसपासको अवस्था, खोलाको बहाब तथा सम्भावित डुबानको जोखिमबारे जानकारी लिएका छन्।

निरन्तर वर्षाका कारण खोला तथा नदीमा पानीको बहाब बढिरहेकाले सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ।

गृहमन्त्री गुरुङले सम्बन्धित निकायसँग समन्वय गरी जोखिमको अवस्था र आवश्यक तयारीबारे जानकारी लिएका छन्।

जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म भारी वर्षा हुने जनाएको छ। वर्षाका कारण पहिरो खसेर पृथ्वीराजमार्ग लगायतका मार्गहरूमा सडक अवरुद्ध भएको छ।

प्रकाशित: ९ असोज २०८३ १४:०५ | Friday, September 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast