भारतले फेरि पठायो १० टन सहायता सामग्री

हिमाल प्रेस १२ भदौ २०८३ २०:५९ | Friday, August 28, 2026
भारतले फेरि पठायो १० टन सहायता सामग्री

काठमाडौँ- भारतले नेपालका बाढी प्रभावितका लागि थप १० टन सहायता सामग्री पठाएको छ। भारतले शुक्रबार साँझ सहायता सामग्रीसहित चिकित्सीय टोलीसमेत पठाएको हो।

भारतका विदेशमन्त्री एस जयशंकरले पोर्टेबल जेनेरेट, व्यक्तिगत स्वच्छतासम्बन्धी सामग्री, खाद्यय प्याकेट तथा पानी शुद्धीकरण गर्ने औषधिलगायतका सामग्री पठाइएको छ।

त्यस्तै सुरुङभित्र फसेकाहरूको उद्धारका लागि चिकित्सक, स्वास्थ्य सहायक तथा खोजी टोलीसहित ११ सदस्यीय टोली विमानमा पठाइएको उनले जानकारी दिएका छन्।

भारतले यसअघि दुईपटक गरी साढे ४७ टन मानवीयता सहायता सामग्री पठाएको थियो। भारतले नेपालमा जारी राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गर्ने जनाएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले शुक्रबार अपराह्न मन्त्रालयका अधिकारी तथा काठमाडौँ र बेइजिङस्थित भारतीय राजदूतहरूसँग बाढीपछि नेपालमा उत्पन्न अवस्थाबारे छलफल गरेका थिए।

प्रकाशित: १२ भदौ २०८३ २०:५९ | Friday, August 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast