गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदै

हिमाल प्रेस १६ जेठ २०८१ ७:२८
6
SHARES
गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीमा नियुक्त हुँदै सुरेन्द्रराज पाण्डे।

काठमाडौँ- गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे आज (बुधबार) मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्।

कांग्रेस संसदीय दलका नेता समेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेशअनुसार मुख्यमन्त्री बन्न लागेका हुन्।

अदालतले एमाले संसदीय दललका नेता खगराज अधिकारीले लिएको विश्वासको मत गैरसंवैधानिक ठहर गरेसँगै पाण्डे ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन्।

न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको इजलासले सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चले ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न गण्डकी प्रदेश प्रमुखका नाममा सर्वोच्चले परमादेशको आदेश जारी गरेको छ। सोही अनुसार प्रदेश प्रमुखले आज पाण्डेलाई सपथ गराउने छन्। पाण्डेले राप्रपासहितका दलको समर्थन लिएर सरकार गठन गर्ने बताइएको छ।

गण्डकी प्रदेशमा कांग्रेससँग २७ सांसद छन्। ६० सदस्यीय संसदमा बहुमत जुटाउन पाण्डेलाई थप ४ सांसदको समर्थन आवश्यक हुन्छ। त्यसका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँगै अन्य दुई सांसद पनि पुर्‍याउनुपर्ने छ।

 

प्रकाशित: १६ जेठ २०८१ ७:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =