गण्डकीको बजेट ३३ अर्बको अनुमान

हिमाल प्रेस १ असार २०८३ १३:१६ | Monday, June 15, 2026
14
SHARES
गण्डकीको बजेट ३३ अर्बको अनुमान

पोखरा- गण्डकी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट ल्याउँदैछ । दिउँसो प्रदेश सभामा आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले करिब ३३ अर्ब हाराहारीको बजेट प्रस्तुत गर्दैछन् ।

सुरुमा २८ अर्बको बजेट ल्याउने बताएको सरकारले संघको अनुदान केही बढेको र चालु वर्षको मौज्दात पनि अपेक्षाभन्दा धेरै रहने भएपछि बजेटको आकार बढाउन लागेको अर्थ मन्त्रालय स्रोतले जनायो।

सरकारले मन्त्रालयगत योजनाको न्यूनतम सिलिङ तोकेको छ। भौतिक पूर्वाधार मन्त्रालयमा २५ लाखभन्दा साना योजना नबनाउने र सिंचाइ तथा खानेपानीमा पनि १० लाखभन्दा साना योजना नबनाउने सरकारले जनाएको छ। तर, पुराना योजनाहरु सम्पन्न गर्न आवश्यक साना बजेटहरु विनियोजन हुनेछन्।

प्रकाशित: १ असार २०८३ १३:१६ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast