गण्डकी सरकारको बजेट झन्डै ३३ अर्ब (पूर्णपाठ)

हिमाल प्रेस १ असार २०८३ १९:०१ | Monday, June 15, 2026
48
SHARES
गण्डकी सरकारको बजेट झन्डै ३३ अर्ब (पूर्णपाठ)

पोखरा- गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख बराबरको बजेट सार्वजनिक गरेको छ। सोमबार प्रदेशसभामा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले उक्त रकम बराबरको बजेट प्रस्तुत गरेका हुन्।

चालु आवमा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरिएकामा आगामी आवको बजेट करिब १ अर्ब २ करोड रुपैयाँले बढी हो।

कुल विनियोजनमध्ये चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार अर्थात ३८.५६ प्रतिशत, पूँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख २२ हजार अर्थात ६०.६८ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात ०.७६ प्रतिशत रकम विनियोजन गरिएको छ।

यसैगरी, आगामी आवका लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख ४८ हजार, रोयल्टी बाँडफाँटबाट ५१ करोड ४८ लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ९३ करोड ३ लाख, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख प्राप्त हुने अनुमान सरकारको छ।

गण्डकी प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनबाट ५ अर्ब ८४ करोड १८ लाख ५२ हजार प्राप्त हुने तथा चालु आवका कार्यक्रम कार्यान्वयनपछि २ अर्ब नगद मौज्दात रहने अनुमान गरिएको छ।

सरकारले दिगो र गुणस्तरीय पूर्वाधार निर्माण र पर्यटन क्षेत्रको प्रवद्र्धन, आर्थिक क्षेत्रको सुदृढीकरण, लगानीमैत्री वातावरण निर्माण र राजस्व क्षेत्रको व्यवस्थापन, कृषि क्षेत्रको व्यावसायिकरण, यान्त्रिकीकरण र बजारीकरणलाई सरकारले बजेटका प्राथमिकतामा राखेको छ।

यसैगरी, डिजिटल शासन, पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासन प्रवद्र्धन, मानव संशाधन विकास र रोजगारी सिर्जना, वातावरण संरक्षण, जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, जनस्वास्थ्य, सामाजिक न्याय र समावेशी विकासलाई प्राथमिकता दिइएको छ।

पर्यटकीय राजधानी पोखरासहित समग्र गण्डकी प्रदेशमा आगामी ५ वर्षभित्र विदेश पाहुनादर दोब्बर पु¥याउने सरकारको लक्ष्य छ। आर्थिक मामिला मन्त्री शेरचनले बजेट प्रस्तुत गर्दै विदेशी पर्यटकको आगमन दोब्बर बनाउनका लागि हवाई पहुँच बिस्तारमा जोड, विभिन्न धार्मिक पर्यटकीय पदमार्गको बिस्तार, सिमापार पर्यटन प्रवद्र्धनमा जोड दिने उल्लेख गरे।

गण्डकीमा बर्सेनि कति पर्यटक घुम्न आउँछन् भन्ने यकिन तथ्यांक नभए पनि नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अनुसार कम्तीमा ८ लाख विदेश पर्यटक आउने अनुमान छ। सरकारले उद्योग र पर्यटनका लागि प्रदेश सरकारले २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। पोखरामा यतिखेर भारतीय पर्यटकको घुइँचो छ।

प्रकाशित: १ असार २०८३ १९:०१ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast