काठमाडौँका कार्यालय बिहान ९ बजे नै खुल्ने

हिमाल प्रेस १५ वैशाख २०८१ ९:०७
16
SHARES
काठमाडौँका कार्यालय बिहान ९ बजे नै खुल्ने काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको छ ।

सेवा सहजताका लागि बिहान १ घण्टा अगाडि कार्यालय सञ्चालन थालिएको प्रवक्ता नविन मानन्धरले जानकारी दिए ।

उनले भने, ‘साँझको समय भने परिवर्तन भएको छैन ।’

बिहान १ घण्टा अगाडि कार्यालय खुल्ने सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजना समेतका कार्यालयको हकमा लागू हुनेछ ।

प्रकाशित: १५ वैशाख २०८१ ९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =