सवा सय विद्यालयले गरे नेपालीमा नाम राख्न अटेर

हिमाल प्रेस ६ वैशाख २०८१ ७:४९
6
SHARES
सवा सय विद्यालयले गरे नेपालीमा नाम राख्न अटेर

काठमाडौँ- नाम परिवर्तनका सन्दर्भमा निजी विद्यालयका सञ्चालकले काठमाडौँ महानगरपालिकामा धमाधम सम्पर्क गर्न थालेका छन्।

अंग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नेपाली झल्काउने नाम परिवर्तन गर्ने अभियान कामपाले सुरु गरेको छ।

कामपामा पूर्वप्राथमिकदेखि कक्षा १२ का करिब ७७१ विद्यालय दर्ता रहे पनि ५१२ वटा सञ्चालनमा छन्।

तीमध्ये ३२४ वटा विद्यालयको नाम अंग्रेजीमा राखिएका छन्। अंग्रेजीमा नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सम्पर्क राख्न सात दिनको समय दिइएको थियो भने नाम प्रस्तावको प्रस्ताव ल्याउन ३५ दिनको म्याद दिइएको छ।

कामपाको शिक्षा विभाग प्रमुख सरस्वती पोखरेलले अंग्रेजी नामकरण गरिएका विद्यालयलाई नाम परिवर्तनका लागि सार्वजनिक सूचना दिनुका साथै विद्यालयमा पत्र बुझाइएको जानकारी दिँदै भनिन्, ‘पत्र पठाइएकामध्ये करिब दुई सयजति सम्पर्क राख्न आएका छन्।’

उनका अनुसार करिब सवा सय विद्यालयले अटेर गरिरहेका छन्। ‘सम्पर्कमा आएकाले आफू नाम सच्याउन तयार रहेको बताएका छन्,’ उनले भनिन्, ‘कतिपयले नयाँ नामकरणका लागि प्रस्ताव पनि ल्याइसकेका छन्।’

प्रकाशित: ६ वैशाख २०८१ ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + sixteen =