काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै

हिमाल प्रेस ५ वैशाख २०८१ ८:३०
काठमाडौँ महानगरपालिकाले आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै काठमाडौँ महानगर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।

महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन हुने छ ।

कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरुको स्वास्थ्य जाँच भएको थियो । आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु हुनेछ ।

यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ गते शुक्रबार, ९ गते आइतबार र १० गते सोमबार इनबहालमा वडा नं२५ र २७ को संयुक्त शिविर हुनेछ ।

११ गते मंगलबार र १२ गते बुधबार वडा नं ३ महाराजगञ्जमा हुनेछ । १४ गते शुक्रबार वडा नं २६ लैनचौरमा, १६ गते आइतबार वडा नं २० भीमसेनस्थानमा, १७ गते सोमबार, वडा नं २१ यंगालमा, १८ गते मंगलबार वडा नं. २३ ओमवहालमा शिविर हुनेछ ।

यसैगरी वैशाख २० गते बिहीबार र २१ गते शुक्रबार वडा नं १५ मा, २४ गते सोमबार वडा नं। २ लाजिम्पाटमा, २५ गते मंगलबार वडा नं २४ मखनमा, २६ गते बुधबार वडा नं २२ टेवहालमा, २७ गते बिहीबार वडा नं. १८ नरदेवीमा, २८ गते शुक्रबार वडा नं। १९ कंकेश्वरीमा, ३० गते आइतबार र ३१ गते सोमबार वडा नं ३२ पाल्पाकोट ९छाप्रे० कोटेश्वरमा शिविर हुने तालिका छ ।

शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित: ५ वैशाख २०८१ ८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 2 =