फेरि बढ्यो सुनको भाउ

हिमाल प्रेस १४ वैशाख २०८१ ११:४८
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ- सुनको मूल्य फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामै १ हजार ४ सय रुपैयाँले सुनको मूल्य वृद्धि भएको छ।

योसँगै शुक्रबार छापावाल सुन १ लाख ३७ हजार २ सय र तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी १ हजार ६ सय ७५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ।

अघिल्लो दिन छापावाल सुन १ लाख ३५ हजार ८ सय र तेजाबी सुन १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय ३५ र चाँदी २७.५६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

प्रकाशित: १४ वैशाख २०८१ ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − one =