सुनको मूल्यमा कीर्तिमान, एक लाख ३३ हजारमा कारोबार

हिमाल प्रेस २१ चैत २०८० ११:१५
540
SHARES
सुनको मूल्यमा कीर्तिमान, एक लाख ३३ हजारमा कारोबार

काठमाडौँ- सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ।

बुधबार सुनको मूल्य मंगलबारको तुलनामा तोलामा १ हजार ८ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि यही सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँ कायम हुँदै रेकर्ड बनाएको थियो ।

आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३२ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ।

यस्तै, बुधबार चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय १० रुपैयाँ कायम भएको छ।

 

प्रकाशित: २१ चैत २०८० ११:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nine =