फेरि आकाशियो सुनको भाउ, तोलाकै १ लाख ३१ हजार ६ सय

हिमाल प्रेस १९ चैत २०८० १२:०१
14
SHARES
फेरि आकाशियो सुनको भाउ, तोलाकै १ लाख ३१ हजार ६ सय

काठमाडौँ- सुनको मूल्य फेरि आकाशिएको छ।

पछिल्ला २ दिन स्थिर रहे पनि सोमबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँसम्मले बढेको हो। छापावाल सुन उक्त दरले बढ्दा तेजाबी सुन १ हजार ५ सय ५० रुपैयाँले बढेको छ।

योसँगै आज सुनको मूल्यले १ लाख ३१ हजार ६ सय रुपैयाँको नयाँ कीर्तिमान बनाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३१ हजार ६ सय र तेजाबी सुन १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँ प्रतितोला दरमा वृद्धि भएको छ। योसँगै सोमबार चाँदी १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रकाशित: १९ चैत २०८० १२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =