सुनको भाउ घट्याे, ताेलाकाे कति?

हिमाल प्रेस २३ चैत २०८० ११:४७
4.1k
SHARES
सुनको भाउ घट्याे, ताेलाकाे कति? सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाली बजारमा शुक्रबार सुनको भाउ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १ हजार तीन सय रुपैयाँले घटेको हो।

 आज छापावाल सुन १ लाख ३२ हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे महासंघकाे भनाइ छ। बिहीबार प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ३३ हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको थियो।

आज एक तोला चाँदी १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

याे पनि 

सुन कारोबार ‘शून्य’, व्यवसायी भन्छन् : भाउ अझै बढ्छ

प्रकाशित: २३ चैत २०८० ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =