सुनसरीमा लगाइएको कर्फ्यु निष्क्रिय

हिमाल प्रेस २८ चैत २०८० १७:५० | Wednesday, April 10, 2024
सुनसरीमा लगाइएको कर्फ्यु निष्क्रिय जिल्ला प्रशासन कार्यालय सुनसरी ।

इटहरी- सुनसरीमा लगाइएको कर्फ्यु निष्क्रिय भएको छ। जिल्लाको हरिनगरा, कोशी, देवानगन्ज, भोक्राहा–नर्सिङ गाउँपालिका र इनरुवा नगरपालिकामा लागाइएको कर्फ्यु हटाइएको सुनसरीका प्रमुख जिल्ला अधिकार जयनारायण आचार्यले जानकारी दिए।

केही दिनअघि हरिनगरा गाउँपालिकामा एक समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि घटनाले उग्ररुप लिएको थियो। घटनाले उग्ररुप लिएपछि दुई समूहबीच झडप पनि भएको थियो। प्रहरीले झडपलाई नियन्त्रणमा लिन हवाईफायर समेत भएको थियो। त्यससँगै उक्त क्षेत्रमा सुनसरी प्रशासनले कर्फ्यु लगाएको थियो।

अहिले कर्फ्यु निष्क्रिय पारेको प्रजिअ आचार्यले बताए। कुटपिटमा संलग्ननविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको र अन्यलाई पक्राउ पुर्जीको अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ। दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन प्रशासनले कर्फ्यु लगाएको थियो।

यो पनि 

सुनसरीका दुई पालिकामा अझै अनिश्चितकालीन कर्फ्यु

सुनसरीका पाँच पालिकामा कर्फ्यु कायमै

सुनसरीमा कर्फ्यू : ‘उपयुक्त निर्णय’ लिन सर्वदलीय बैठक बस्दै

सुनसरी दिनभर तनावग्रस्त : प्रहरीमाथि नै जाइलाग्यो भिड, १९ जना घाइते

तनावग्रस्त बन्दै सुनसरी, पाँच पालिकामा निषेधाज्ञा

सुनसरीमा दुई समूहबीच झडप : ६ सेल अश्रुग्यास प्रहार, दुई घाइते

हिन्दू र मुस्लिम समुदायबीच विवादले सुनसरीका दुई गाउँपालिकामा निषेधादेश

 

प्रकाशित: २८ चैत २०८० १७:५० | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast