एमाले रोल्पाको अध्यक्षमा अमृत बुढा

हिमाल प्रेस १ चैत २०८० ९:२०
एमाले रोल्पाको अध्यक्षमा अमृत बुढा

काठमाडौँ- नेकपा एमाले रोल्पाको अध्यक्षमा अमृत बुढामगर निर्वाचित भएका छन्।

एमाले रोल्पाको सातौं जिल्ला अधिवशेनमा १९५ मतसहित बुढामगर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी घनश्याम आचार्यले ११२ मत ल्याए । उपाध्यक्षमा विजय घर्तीमगर निर्विरोध भए।

सचिवमा नेपबहादुर थापा विजयी भएका छन्। थापाले १८२ मत ल्याउँदा प्रतिस्पर्धी ठाकुरप्रसाद वलीले ११२ मत ल्याएका थिए । उपसचिवमा बमबहादुर पुन विजयी भएका छन्।

उनका प्रतिस्पर्धी प्रेमराज बुढाले ८० मत ल्याए । त्यसैगरी महिला उपसचिवमा रमिता डाँगी विजयी भएकी छन्। उनका प्रतिस्पर्धी कृष्णीकुमारी गौतमले ६१ र तारा सेनले २५ मत ल्याएका छन्।

त्यसैगरी, ५ जना खुला सदस्यहरूमा सन्तोष बाठा, कमानसिंह पुनमगर, धनबहादुर बस्नेत, रामचन्द्र बुढामगर, परबिर बिक, विजयी भएका छन्। अधिवेशनमा ३८१ प्रतिनिधि सहभागी थिए।

प्रकाशित: १ चैत २०८० ९:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 19 =