पाल्पा जिप दुर्घटना : मृत्यु हुनेमध्ये ६ जनाको सनाखत

हिमाल प्रेस १ फागुन २०८० २१:४३
110
SHARES
पाल्पा जिप दुर्घटना :  मृत्यु हुनेमध्ये ६ जनाको सनाखत

पोखरा- पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस सिखरडाँडा जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा मंगलबार साँझ दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक ८ मध्ये ६ जनाको सनाखत भएको छ। सनाखत हुनेमा पाल्पाको तिनाउ गाउँपालिका वडा ६ की ६० वर्षीय ऐनकुमारी पन्त, सोही ठाउँका अन्दाजी ४० वर्षीय रामबहादुर अस्लामी, वर्ष ६७ की कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल १४, तामनगर बस्ने ७० वर्षीय चन्द्र रणपाल र उनकी ६० वर्षीया श्रीमती चूना रणपाल हुन्।

घाइतेलाई स्थानीय र प्रहरीले उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ फागुन २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =