नेपाली टेबल टेनिस खेलाडीलाई ओलम्पिकमा छनोट हुने अवसर

हिमाल प्रेस २३ वैशाख २०८१ १५:०२
18
SHARES
नेपाली टेबल टेनिस खेलाडीलाई ओलम्पिकमा छनोट हुने अवसर

काठमाडौँ- अगामी जुलाईमा हुने पेरिस ओलम्पिका लागि टेबल टेनिसको दक्षिण एसियाली छनोट नेपालमा हुने भएको छ। मे १३ देखि २५ सम्म हुने प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स पाकिस्तान र श्रीलंकाको सहभागिता रहने छ। दक्षिण एसियाका भारत र भुटानले सहभागिता नजनाउने आयोजक अखिल नेपाल टेबल टेनिस संघले बताएको छ।

प्रतियोगिता संयोजक तेजेन्द्र सिंहका अनुसार विश्व वरियताको शीर्ष आठमा भएकाले भारतले छनोटमा भाग नलिने भएको हो। ‘भारत विश्व वरियातको शीर्ष आठ भित्र भएकाले छनोट प्रतियोगितामा उपस्थित हुने छैन। प्रतियोगिता नकआउट पद्धतिमा हुनेछ,’ सिंहले भने।

प्रतियोगितामा हरेक देशबाट समान दुई पुरुष / महिलाले सभागिता जानउन पाउनेछन्। जसबाट समान एक पुरुष /महिला खेलाडीले फ्रान्सको पेरिसमा हुने ओलम्पिक खेल्न पाउनेछन्। नेपालले पहिलो पटक टेबल टेनिसको ओलम्पिक छनोट आयोजना गर्न लागेको हो। प्रतियोगीतामा संयोग कपाली, स्यान्टु श्रेष्ठ, नविता श्रेष्ठ र इभाना थापाले नेपालको प्रतिनिधित्व गर्नेछन्।

नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगिता सञ्चालनका लागि भारतबाट प्राविधिक आउने जनाकारी दिए। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा करिव १० लाख खर्च हुने आयोजकले जनाएको छ।

टेबल टेनिसका मुख्य प्रशिक्षकराजेन्द्र कपाली भारतको अनुपस्थितिले नेपाललाई फाइदा पुग्ने बताउँछन्।

‘भारत नहुन हाम्रा लागि राम्रो हो।यो ओलम्पिकमा छनोट हुने सबैभन्दा ठूलो अवसर पनि हो। हाम्रा चारै खेलाडी दावेदार हुन्। तर ओलम्पिको छात्रवृतिमा रहेका संयोगलाई प्रमुख दावेदारको रूपमा लिइएको छ। अन्य टोलीभन्दा श्रीलंकासँग कडा प्रतिस्पर्धा हुनेछ। हाल अस्ट्रेलियामा रहेका स्यान्टु केही दिनमा नेपाल आइपुग्छन्’, कपालीले भने।

यदी यो प्रतियोगिताबाट नेपाली खेलाडी छनोट भएमा उनीहरु तेक्वान्दाका संगीना वैद्य र दीपक विष्टपछि छनोट चरण पार गरेर ओलम्पिक खेल्ने खेलाडी बन्नेछन्।

प्रकाशित: २३ वैशाख २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =