ललितपुरको बाफलमा आगलागी, पाँच घाइते

हिमाल प्रेस २३ वैशाख २०८१ १४:२२
74
SHARES
ललितपुरको बाफलमा आगलागी, पाँच घाइते प्रतीकात्मक तस्बिर

पाटन (ललितपुर)– ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक तथा सूचना अधिकारी नरेशराज सुवेदीले आज बिहान बाफलस्थित मोबिल सङ्कलन गरी राखिएको एक टहरोमा आगलागी हुँदा तीन बालबालिकासहित पाँच जना घाइते भएका जानकारी दिए। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ।

आगलागीबाट रौतहट जिल्ला घर भई हाल बाफल बस्ने सञ्जय गिरी र रुपा गिरीलगायत उहाँका तीन वर्षीया प्रीया गिरी, आठ वर्षीया एसीला गिरी, १५ वर्षीया मीत गिरी घाइते भएका छन्। अहिले आगलागी नियन्त्रणमा आइसकेको सूचना अधिकारी सुवेदीले जानकारी दिए। रासस

प्रकाशित: २३ वैशाख २०८१ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =