दमौली आगलागीपीडितलाई राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमाल प्रेस १३ जेठ २०८१ १७:४७
12
SHARES
दमौली आगलागीपीडितलाई राहतका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ– तनहुँको व्यास नगरपालिका–३ स्थित फलफूल लाइनमा भएको आगलागीपीडितलाई उचित राहत प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराइएको छ।

राष्ट्रियसभा सदस्य एवम् नेकपा (एमाले) का प्रमुख सचेतक भगवती न्यौपानेले आइतबार प्रधानमन्त्री दाहाललाई भेटेर पीडितलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न ध्यानाकर्षण गराएकी हुन्।

त्यसक्रममा प्रधानमन्त्री दाहालले पीडितलाई राहत दिने विषयमा सरकार गम्भीर रहेको आश्वासन दिएको न्यौपानेले जानकारी दिइन्।

उनले भनिन्, ‘आगलागीका कारण २१ जनाको रोजीरोटी गुमेको छ, व्यापार व्यवसाय बन्द भएको छ। सरकारका तर्फबाट के गर्न सकिन्छ त्यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएकी छु। उहाँबाट सकारात्मक जवाफ आएको छ।’

गत सोमबार आगलागी हुँदा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेका २१ व्यवसायिक सटर पूर्ण रूपमा जलेका थिए।

प्रकाशित: १३ जेठ २०८१ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =