चाउथेको बिजुली पसलको गोदाममा आगलागी हुँदा करिब एक करोडको क्षति

हिमाल प्रेस २० वैशाख २०८१ १४:४६
6
SHARES
चाउथेको बिजुली पसलको गोदाममा आगलागी हुँदा करिब एक करोडको क्षति

पोखरा- पोखराको एक बिजुली पसलको गोदाममा बुधबार राति आगलागी हुँदा करिब १ करोड बराबरको क्षति भएको बताइएको छ। पोखरा महानगरपालिका वडा १४, शान्तिपथस्थित साङ्ग्रिला सप्लायर्स बिजुली पसलको गोदाममा बुधबार राति करिब साढे १० बजे आगलागी भएको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सो घटनापछि स्थानीयसँगै दमकल, नेपाल प्रहरी र कालिका गण मालेपाटनबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले आगो राति सवा ११ बजे नियन्त्रणमा लिएको हो।

स्थानीय लोकबहादुर थापाको घरमा चाउथेका ध्रुव मरासिनीले ३ वर्षदेखि पसल संचालन गर्दै आएका थिए। आगलागीमा बिजुलीका सामान जलेर करिब १ करोड रुपैयाँ बराबरको क्षति भएको मरासिनी परिवारले जनाएको छ।

आगो के कति कारणले लाग्यो भन्ने खुलेको छैन। तर, प्रहरीको प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान छ। ध्रुव मरासिनीकी पत्नी साङ्ग्रिलाले राति १० बजेर २५ मिनेटमा आगो लागेको खबर आएको बताइन्। आफ्नो श्रीसम्पत्ति जलेर क्षणभरमै खरानी भएपछि पसल संचालक ध्रुव मसासिनी बोल्न सकेका छैनन्।

प्रकाशित: २० वैशाख २०८१ १४:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =