पाल्पा सत्यवती जिप दुर्घटनामा मृतक ४ जनाको पहिचान

हिमाल प्रेस २२ जेठ २०८० ८:१३
20
SHARES
पाल्पा सत्यवती जिप दुर्घटनामा मृतक ४ जनाको पहिचान

पाल्पा– पाल्पाको रैना देवीछहरा गाउँपालिका-८ सत्यवतीस्थित किउरेछेडाँमा भएको जिप दुर्घटनामा मृतकको संख्या ४ पुगेको छ। अहिले मृतक सबैको पहिचान खुलेको छ। दुर्घटनामा ११ जना घाइते भएका छन्।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जिप आइतबार साँझ सो स्थानामा दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ३ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए।

मृत्यु हुनेमा अर्घाखाँचीको पाणिनी गाउँपालिका-१ पडेना बस्ने जिप चालक २६ वर्षीय रमेश विक, पाणिनी- १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी-२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका २ वर्षीय बालक संयोग गौतम रहेका छन्। संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ। घाइते ५ जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, २ जनाको चौराहा अस्पताल बुटवल र ४ जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिप सडकदेखि करिब ७० मिटर तल खसेको छ। दुर्घटनासम्बन्धी अहिले अनुसन्धान भइरहेको डीएसपी थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =