दुर्घटना बढेको भन्दै कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण

हिमाल प्रेस १ चैत २०८० १७:१२
4
SHARES
दुर्घटना बढेको भन्दै कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण कांग्रेस केन्द्रीय कार्यालय

काडमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशमा सडक दुर्घटना बढेको भन्दै चिन्ता व्यक्त गरेको छ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सडक दुर्घटना न्यूनीकरण गर्न कार्यदल गठन गरी अध्ययन गर्न र न्यूनीकरणका उपाय अबलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

कांग्रेसले उदयपुरमा भएको जिप दुर्घटनामा निधन भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइते ९ जनाको उपचार प्रबन्धन मिलाउन सरकारसँग माग गरेको छ।

प्रकाशित: १ चैत २०८० १७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =