पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

हिमाल प्रेस ५ कार्तिक २०८० १८:५५
30
SHARES
पाल्पामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु दुर्घटनाग्रस्त जिप।

लुम्बिनी – पाल्पामा आइतबार अपराह्न ५ :१० मा भएको जिप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। पाल्पाको  रानीमहलबाट भैरहवातर्फ गुडिरहेको बागमती प्रदेश ०१–०२६ च ७२०९ नं. को स्कारपियो जिप  दुर्घटना हुँदा जिपमा रहेका ६ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी हेरम्ब शर्माले जानकारी दिए।

मृत्यु हुनेमा तीन महिला, एक पुरुष र दुई बालबालिका छन्। दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनालाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।

उक्त जिप तानसेन नगरपालिकाको बैकुण्ठ पहाडमा सय मिटर तल बराङदी खाेलामा खसेकाे हाे। जिपमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन। लामो छाँगो रहेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रानीमहलतर्फ जाँदै गरेकाे भए पनि जिप कहाँबाट छुटेकाे यकिन भएको छैन।

मृतकको सनाखत हुन सकेको छैन। जिप खोलामा खसेकाले प्रहरीले उद्धार कार्य गरिरहेको छ।

 

प्रकाशित: ५ कार्तिक २०८० १८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =