कांग्रेस सांसदलाई काठमाडौँ नछाड्न संसदीय दलको निर्देशन

हिमाल प्रेस १९ माघ २०८० १६:४५
20
SHARES
कांग्रेस सांसदलाई काठमाडौँ नछाड्न संसदीय दलको निर्देशन

काठमाडौँ- सत्ता साझेदार दल नेपाली कांग्रेसले आफ्ना संघीय सांसदलाई राजधानी (काठमाडौँ) नछाड्न निर्देशन दिएको छ। आज शुक्रबार बसेको पार्टी संसदीय दलको बैठकबाट संघीय संसद्‌को हिउँदे अधिवेशन अवधिभर काठमाडौँ नछाड्न निर्देशन दिइएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘संसद्‌को हिउँदे अधिवेशन सफल बनाउन अधिवेशन चल्दासम्म सांसदहरूलाई राजधानी नछाड्न निर्देशन दिइएको छ,’ लेखकले भने, ‘जानै पर्ने अवस्था आए प्रमुख सचेतकको लिखित अनुमति लिनुपर्नेछ।’

संघीय संसद्‌को हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान भएको छ। कांग्रेसको आजको बैठकले विधेयकहरू चाँडोभन्दा चाँडो संसद्‌‌मा पेस गर्न सरकारालई आग्रह गर्ने निर्णय गरेको छ। विचाराधीन विधेयक यसै अधिवेशनमा पारित गर्न सबै दलहरूमा आग्रह गर्ने निर्णय भएको लेखकले बताए।

सरकारले हिउँदे अधिवेशनबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ। यसबारे सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार बिहानमात्रै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए।

संसदीय दलको बैठकमा विनोद चौधरीले भने : सरकार व्यवसायीविरुद्ध लाग्यो

प्रकाशित: १९ माघ २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =