प्रताप दासको स्वरमा ‘चाहन्छु ५’ सार्वजनिक

हिमाल प्रेस १६ पुष २०८० १९:२३
32
SHARES
प्रताप दासको स्वरमा ‘चाहन्छु ५’ सार्वजनिक

काठमाडौँ- गायक प्रताप दासको स्वरमा रहेको गीत ‘चाहन्छु ५’ सार्वजनिक भएको छ। गीतमा सरोज पोखरेलको शब्द र संगीत, देवेश राईको एरेन्ज र किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ।

सरोजकै प्रस्तुति रहेको भिडियोमा बरुण अधिकारी र कुसुम शर्मा फिचर्ड छन्। सार्वजनिक रोमान्टिक फ्लेभरको गीतमा वरुण र कुसुमको जोडी निकै सुहाएको छ।

कलाकार बरुण अधिकारी एक दशकसम्म नेपाली हास्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशनसमेत गरिसकेका चर्चित व्यक्ति हुन्। उनी विगत ५ वर्षदेखि अमेरिकामा रहँदै आएका छन्।

गीत सार्वजनिक पछि बरुणले भने, ‘पछिल्लो पुस्ताको माया प्रेमको कथालाई समेटेर म्युजिक भिडियो निर्माण गरेका छौँ। आशा छ कुसुम र मेरो रिलको जोडीलाई दर्शकहरूले मन पराउनु हुनेछ। राम्रो मेहनत गरेका छौँ। परिणाम पनि राम्रो हुन्छ भन्ने आशा छ।’

ए वान म्यूजिसियनमा रेकर्ड गरिएको गीतमा रत्न बिकको फ्लयुट र राजेश श्रेष्ठको रेकर्डिङ छ। साजन कट्टेलको निर्देशनमा बनेको म्युजिक भिडियोमा पुनम चौधरीको मेकअप, दिनेश पराजुलीको छायांकन, राकेश दाहालको सम्पादन र सरोज पोखरेलको कन्सेप्ट छ।

प्रकाशित: १६ पुष २०८० १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 11 =