‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’

हिमाल प्रेस २ पुष २०८० १२:२१
12
SHARES
‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’

काठमाडौँ– फिल्म ‘नम्बरी सुन’को गीत ‘तिमी बर म पीपल’ सार्वजनिक भएको छ। गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रताप दास र अनु चौधरीको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ। आदेश गुर्माचनको संगीत संयोजन रहेको गीतकाे मिक्सिङ र मास्टरिङ नरेश बिसीले गरेका छन्।

रामजी लामिछानेको कोरियोग्राफी रहेको रोमान्टिक गीतको भिडियोमा फिल्मका कलाकार गौरव पहारी र नम्रता सापकोटा अभिनीत छन्।

फिल्म राजु गिरीले निर्देशन गरेका छन्। माघ १९ गते प्रदर्शन हुने फिल्मको कथा र पटकथा शिवम अधिकारीले लेखेका छन्।

गौरव र नम्रतासहित फिल्ममा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सबिन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता बस्नेत र राजेन्द्र गिरीको अभिनय छ।

फिल्म दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन छ। सुवर्ण शिभान्स फिल्मको ब्यानरमा बनेको फिल्मका प्रस्तुतकर्ता नारायण खाती हुन्। फिल्म सरोज खाती, सविन खाती र मनोज रिजालले लगानी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =