दलहरूले जनताको कुरा भुलेपछि दुर्गा प्रसाई नेता भए : झलनाथ खनाल

हिमाल प्रेस २२ मंसिर २०८० १६:०९
8
SHARES
दलहरूले जनताको कुरा भुलेपछि दुर्गा प्रसाई नेता भए : झलनाथ खनाल फाइल तस्बिर/हिमाल प्रेस

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले मूलधारका पार्टीले जनताका कुरा बोल्न छोडेपछि दुर्गा प्रसाईं नेता बनेको टिप्पणी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले सरकारका कामकारबाहीबाट जनता आक्रोशित, क्रुद्ध र निराश रहेको बताए।

‘यस्तो अवस्थामा कसले उनीहरूको कुरा उठाउँछन् त्यतैपटि लाग्ने अवस्था बनेको छ। सत्ताधारी दलले जनताका कुरा उठाउँदै उठाउँदैन। हामी पनि कोठामा मात्रै बोल्छौँ। सडकमा हामी छैनौं। जनताका कुनै आवाज हामी उठाउँदै उठाउँदैनौँ​ । अनि दुर्गा प्रसाईं नेता भाइरा’छ।’

जनता कसैको पेवा नहुने भन्दै उनले हिजोको दिनमा लाखौँ जनताले दलहरूको आन्दोलनमा सहयोग गरेको बिर्सन नहुने पनि बताए। ‘जनता भनेको कसैको पेवा हुँदैन।हिजो लाखौं लाख जनताले ०६२/६३को आन्दोलनमा सघाएको हो नि! यी जनता हाम्रा भए भनेर ढुक्क बस्नु मूर्खता हो,’ उनले भने, ‘जनता भनेको जसले उसको हितमा काम गर्छ उसकै हुन्छ। कामै नगरे पनि जसले उसको हितमा बोलिरहेको छ, उसैको पक्षमा हुन्छ।’

उनले मूलधारका पार्टीले केही गर्न नसकेको र उनीहरूको दिशाहिनताले अहिलेको परिस्थिति निम्तिएको उनको टिप्पणी छ।

प्रकाशित: २२ मंसिर २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eight =