देवेन्द्र र संगीताको स्वरमा देउडा गीत ‘जौमास’

हिमाल प्रेस २२ मंसिर २०८० १०:२७
416
SHARES
देवेन्द्र र संगीताको स्वरमा देउडा गीत ‘जौमास’

काठमाडौँ- सुदूरपश्चिमको संस्कृति झल्कने देउडा गीत ‘जौमास’ सार्वजनिक भएको छ। सरोज खड्काको शब्द सिर्जनामा माँझ आँगन युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो।

गीतमा देवेन्द्र खड्का र संगीता थापाको स्वर छ। गीतमा देवेन्द्रले नै संगीत भरेका छन्।

प्रेम कथामा आधारित उक्त गीतको भिडियोमा सुदूरपश्चिमस्थित अछामका ग्रामीण बस्ती तथा प्राकृतिक सौन्दर्यको वर्णन देख्न सकिन्छ।

सरोज खड्काले निर्देशन गरेको गीतकाे भिडियोमा सरोज खड्का र सिर्जना स्नेहीले अभिनय गरेका छन्।

भिडियाे

 

प्रकाशित: २२ मंसिर २०८० १०:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =