एनसेल प्रकरणमा धेरै जालझेल देखियो : सांसद यादव

हिमाल प्रेस २० मंसिर २०८० १६:१८
12
SHARES
एनसेल प्रकरणमा धेरै जालझेल देखियो : सांसद यादव

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले एनसेल कम मूल्यमा बिक्री गर्नुमा जालझेल रहेको बताएका छन्। आजको लेखा समिति बैठकमा उनले आजियटाले ‘कू’ प्रचार गरेको भन्दै सरकारले लगाम लगाउनुपर्ने बताए।

उनले भने, ‘कम मूल्यमा बिक्री गर्दा जालझेल भएको छ। पाँच अर्ब खुद नाफा गरेको कम्पनी साढे ६ अर्बमा कसरी बिक्यो ? शंकास्पद छ।’ उनले दूरसञ्चार प्राधिकरणलाई जानकारी नहुनु पनि शंकास्पद भएको बताए।

‘कारोबार आम्दानी नेपालमा गर्ने अनि बिक्री विदेशमा गर्ने ? सरकारको ध्यान कता छ?,’ उनले भने, ‘स्माट सेल र एनसेलको सम्बन्ध के हो ? स्माटले नेपाललाई डुबाएको छ। दुवैको लगानीकर्ता एकै हो। सरकारले स्पष्ट पारोस्।’

प्रकाशित: २० मंसिर २०८० १६:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =