अस्ट्रेलियासँग हारेसँगै साविक विजेता इंग्ल्याण्ड विश्वकप क्रिकेटबाट बाहिरियो

हिमाल प्रेस १९ कार्तिक २०८० ६:५८
अस्ट्रेलियासँग हारेसँगै साविक विजेता इंग्ल्याण्ड विश्वकप क्रिकेटबाट बाहिरियो

काठमाडौँ- सन् २०१९ को एक दिवसीय क्रिकेट विश्वकप विजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिरिएको छ। शनिबार साँझ अस्ट्रेलियासँग ३३ रनले पराजित हुँदै इंग्ल्याण्ड जारी प्रतियोगिताबाट बाहिरिएको हो।

जारी प्रतियोगितामा इंग्ल्याण्ड ७ खेलमा १ जितसहित अंक तालिकाको पुछारमा रहेको छ। दुई खेल खेल्न बाँकी रहेको अस्ट्रेलिया अंक तालिकामा तेस्रो स्थानमा रहेको छ।

अस्ट्रेलियाले ७ खेलमा ५ जितसहित १० अंक बटुलेको छ। यसअघि शनिबार भएको खेलमा अस्ट्रेलियाले इंग्ल्याण्डलाई २८७ रनको लक्ष्य दिएको थियो। तर इंग्ल्याण्डले ४८.१ ओभरमा २५३ रनमात्रै बनाउन सकेपछि प्रतियोगिताबाट बाहिरिएको हो।

प्रकाशित: १९ कार्तिक २०८० ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 4 =