प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

हिमाल प्रेस २७ असोज २०८० २१:०८
प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

काठमाडौँ-  प्रधानसेनापति प्रभुराम शर्मा संयुक्त अधिराज्य, बेलायतको औपचारिक भ्रमण सम्पन्नन गरी शनिबार स्वदेश फर्किएका छन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षासचिव किरणराज शर्मा तथा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गरेका थिए।

बेलायतका सेनापति प्याट्रिक स्यान्डर्सको औपचारिक निमन्त्रणामा सेनापति शर्मा असोज २१ गते बेलायत गएका थिए। बेलायत भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षीसँग त्यहाँको सैनिक मुख्यालयमा शिष्टाचार भेटघाट गरेका थिए।

प्रधानसेनापति बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली दूतावासमा आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए।

प्रकाशित: २७ असोज २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =