प्रहरीमाथि नै हातपात गर्ने तीन जना पक्राउ

हिमाल प्रेस २३ वैशाख २०८१ १६:२९
226
SHARES
प्रहरीमाथि नै हातपात गर्ने तीन जना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन्। शनिबार राति साढे १० बजे स्याङ्जास्थित वालिङ नगरपालिका- १३ बायाँटारीको झोलुंगे बजारमा भएको झडपलाई नियन्त्रण लिन पुगेको प्रहरी चौकी थुमपोखराका तीन जना प्रहरीको टोलीमाथि नै हातपात भएको हो।

मादक पदार्थ सेवन गरी दुई पक्षबीच झडप भएको थियो। प्रहरीले झडप गर्नेहरूलाई सम्झाउन खोज्दा उल्टै प्रहरीमाथि कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए। कुटपिटबाट प्रहरी चौकी थुमपोखराका प्रहरी सहायक निरीक्षक मनोज सिंह घाइते भएका छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ।

कुटपिटमा संलग्न वालिङ-१२ कोखेका २८ वर्षीय रविन गुरूङ, २५ वर्षीय काजी गुरूङ र २४ वर्षीय सुदिप गुरूङ पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ वैशाख २०८१ १६:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =