प्रधानसेनापति शर्मा र बेलायती सेनाअध्यक्षबीच शिष्टाचार भेट

हिमाल प्रेस २५ असोज २०८० २०:४५
16
SHARES
प्रधानसेनापति शर्मा र बेलायती सेनाअध्यक्षबीच शिष्टाचार भेट

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्मा र बेलायती सेनाका सेनाअध्यक्ष प्याट्रिक स्यान्डर्सबीच लण्डनस्थित सैनिक मुख्यालयमा शिष्टाचार भेट भएको छ।

प्रधानसेनापति शर्मा असोज २१ गतेदेखि बेलायत भ्रमणमा छन्। भेटघाटको क्रममा बेलायती सेनाध्यक्षले नेपाली सेनाको पेसागत क्षमता अभिवृद्धिमा बेलायती सेनाको सहयोग निरन्तर रहने बताए। भेटघाटमा द्विपक्षीय सैनिक सम्बन्ध, आपसी सहयोग तथा चासोबारे छल‌फल भएको थियो।

कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकाल, बेलायतका लागि सैनिक सहचारी सहायक रथी रत्निबहादुर गोदार र नेपालका लागि बेलायती सैनिक सहचारी पउल स्मिथको उपस्थिति को थियो। साथै प्रधानसेनापतिले बेलायतको रोयल कलेज अफ डिफेन्स स्टडिजको भ्रमण गरेका छन्।

यसैबीच प्रधानसेनापति लण्डनस्थित नेपाली राजदूतावासमा उनको सम्मानमा आयोजित रात्रिभोजमा सरिक भएका थिए । त्यस अवसरमा राजदूत ज्ञानचन्द्र आचार्यले प्रधानसेनापति तथा भ्रमण दलका सदस्यहरूलाई स्वागत गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 2 =