इजरायलमा फसेका विद्यार्थीको उद्धार गर्न सरकार झकझकाउँदै निश्चल

हिमाल प्रेस २२ असोज २०८० १५:४५
इजरायलमा फसेका विद्यार्थीको उद्धार गर्न सरकार झकझकाउँदै निश्चल

काठमाडौँ- अभिनेता तथा निर्देशक निश्चल बस्नेतले इजरायल-गाजा युद्धमा फसेका नेपाली विद्यार्थीको उद्धार गर्न सरकारलाई आग्रह गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भर्दा २९ गते इजरालय गएका ४९ जना विद्यार्थीहरूमध्ये १० जनाको निधन भइसकेको छ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गर्दै सरकारलाई त्यहाँ भएका विद्यार्थीको उद्धार गर्न भनेका छन्। ‘हेलो सरकार, आफ्ना नागरिकको तुरुन्त उद्धार गर्नुपर्‍यो। जसरी सकिन्छ त्यसरी निकालौँ त्यहाँबाट।’

जनताले धेरै कुरामा आँखा चिम्लिसकेको भन्दै उनले थप लेखेका छन्, ‘धेरै जनाको कुरा छ, समय कम छ, गर्नुपर्ने धेरै। त्यो ठाउँमा आफ्नै छोराछोरी हुँदा जे गर्नुहुन्थ्यो त्यै गर्नुहोला।’

इजरायलमा भएको हमासको आक्रमणमा परेर नेपाली विद्यार्थी बंकरभित्र फसेका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ २९ मा इजरालय गएका ४९ जना विद्यार्थीहरूमध्ये १० जनाको निधन भइसकेको छ। बाँकी त्यहाँका बंकरमा फसेका छन्। तिनकै उद्धार गर्न निश्चलले सरकारलाई आग्रह गरेका हुन्।

इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद्

 

प्रकाशित: २२ असोज २०८० १५:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 15 =