‘दिमाग खराब’ को गीत ‘हजुरी’ सार्वजनिक

हिमाल प्रेस २२ कार्तिक २०८० १५:२९
62
SHARES
‘दिमाग खराब’ को गीत ‘हजुरी’ सार्वजनिक

काठमाडौँ- फिल्म ‘दिमाग खराब’को ‘हजुरी’ बोलको गीत सार्वजनिक भएको छ। बुधबार गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा जयन जे वाइबा र मीना निरौलाले स्वर दिएका छन्। गीतमा गायक वाइबाकै शब्द र संगीत छ। भिडियोमा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, रमा थपलिया, दयाहाङ राई, विजय बराललगायतलाई देख्न सकिन्छ।

यही शुक्रबार अर्थात कात्तिक २४ गतेदेखि प्रदर्शन हुने फिल्मको अग्रिम टिकट बुकिङ पनि खुलिसकेको छ। निश्चल बस्नेतले निर्देशित फिल्म जनता र शक्तिको कथामा बनेको छ। फिल्ममा निश्चलसहित अन्य कलाकार अर्पण थापा, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

फिल्मको पटकथा आकाश बरालले लेखेका छन्। मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्म सामाजिक/राजनीतिक विषयमा केन्द्रित छ। फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

निमेष श्रेष्ठले सम्पादन र सुशन प्रजापतिले छायांकन गरेका फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा बनेको छ। सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =