हलमा ‘दिमाग खराब’

हिमाल प्रेस २४ कार्तिक २०८० १०:३४
हलमा ‘दिमाग खराब’

काठमाडौँ–  हलमा आजदेखि फिल्म ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ।  जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्।

फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ।

मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका छन्।  फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्।

निमेष श्रेष्ठले सम्पादन र सुशन प्रजापतीले छायांकन गरेको फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा बनेको छ। सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन गरेका छन्। फिल्मको गीतमा जयन जे वाइबा र बाबुल गिरीको संगीत छ।

याे स‌ँगै हलमा अन्य दुई नेपाली फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =