‘दिमाग खराब’को टिकट बुकिङ खुल्यो

हिमाल प्रेस २१ कार्तिक २०८० १२:५५
2
SHARE
‘दिमाग खराब’को टिकट बुकिङ खुल्यो

काठमाडौँ- आगामी शुक्रबार अर्थात् कात्तिक २४ गते प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’ को टिकट बुकिङ खुलाइएको छ। चलचित्र विकास बोर्डबाट युनिर्भस सर्टिफिकेटसहितको प्रदर्शन अनुमति पाएपछि टिकट बुकिङ खुलाएका हुन्।

नेपालकै ठूला मल्टिप्लेक्स हल क्यूएफएक्स सिनेमाजले २४ साे दिएकाे छ। ‍आइएनआइ सिनेमाजले ५ सो  र एफक्यूब सिनेमाजले छ साे  दिएको छ। वान सिनेमाजले सो सार्वजनिक गरेकाे छैन।

निश्चल बस्नेतले निर्देशित फिल्म २ घण्टा २८ मिनेटको छ। जनता र शक्तिको कथामा बनेको फिल्मको पटकथा आकाश बरालले लेखेका छन्। मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्म सामाजिक/राजनीतिक विषयमा केन्द्रित छ।

फिल्ममा निर्देशक निश्चलसहित खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, रमा थपलिया, दयाहाङ राई, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायत कलाकारको अभिनय छ।

फिल्मका निर्माता रौनक विक्रम कँडेल हुन्। निमेष श्रेष्ठले सम्पादन र सुशन प्रजापतिले छायांकन गरेका फिल्म ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा बनेको छ।

सुरज बम ठकुरी कार्यकारी निर्माता रहेको फिल्म राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन गरेका छन्। फिल्ममा जयन जे बाइबा र बाबुल गिरीको संगीत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 20 =