इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद्

हिमाल प्रेस २२ असोज २०८० १५:३८
8
SHARES
इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीसँग प्रधानमन्त्रीको संवाद्

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इजरायलमा भएको हमासको आक्रमणमा परेर बंकरभित्र फसेका नेपाली विद्यार्थीसँग कुरा गरेका छन्। दाहालले विद्यार्थी विपिन सुवेदीसँग कुरा गरेका हुन्।

उनले सोमबार दिउँसो सुवेदीसँग भिडिओकलमा कुराकानी गर्दै उद्धारको लागि सरकारले पहल गरिरहेको र नआत्तिन पनि आग्रह गरेका छन्।

प्रधानमन्त्रीले सुवेदीलाई त्यहाँ भएका सबै विद्यार्थीसँग समन्वय गर्न पनि भनेका छन्। सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भर्दा २९ गते इजरालय गएका ४९ जना विद्यार्थीहरूमध्ये १० जनाको निधन भइसकेको छ।

यस्तो छ प्रधानमन्त्री र विपिनबीचको फोन संवाद्

प्रधानमन्त्री- सुदूरपश्चिको सबै विद्यार्थीहरूको नेतृत्व गरेको तपाईले हो? तपाईंको रमेशजी (रमेश मल्ल, स्वकीय सचिव) सँग लगातार कुरा भइरहेको मैले थाहा पाएको छु। परराष्ट्रमन्त्रीजीसँग पनि कुरा भएको छ। हामी अस्ति रातिदेखि नै लगातार लागिरहेका छौँ। अहिले पनि यही विषयका लागि क्याबिनेटको बैठक पनि बोलाइएको छ। सर्वदलीय बैठक पनि बोलाइएको छ। अब अघि नै भने अनुसार राजदूतावासमा कुरा पनि भइरहेको छ। अहिले परराष्ट्रमन्त्रीस्तरमा पनि कुुरा भइरहेको छ। तपाईंले त्यहाँ विद्यार्थीसँग लगातार कम्युनिकेट गरिदिुनपर्‍यो। र एकथरी मान्छेहरू ह्याभोक क्रियट गर्न खोजिरहेका हुन्छन् एकाध मान्छेहरू।

विपिन- सबैजनालाई भनिसकेका छौँ। अहिले साढे १ घन्टामा एउटा तयारीमा अहिलेलाई चाहिने एकजोर कपडा र एउटा पासपोर्ट ब्यागमा हालेर रेडि भएर बस्ने र लोकेसन सेयर गरौं भनेँ। हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुस्।

प्रधानमन्त्री- लल हामी यहाँ गरिरहेका छौँ। कति सक्रियताका साथ यहाँ गरिरहेका छौँ।

 

प्रकाशित: २२ असोज २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =