हलमा ‘वानर सेना’

हिमाल प्रेस १९ असोज २०८० ११:३६
12
SHARES
हलमा ‘वानर सेना’

काठमाडौँ– फिल्म ‘वानर सेना आजदेखि हलमा प्रदर्शन भएको छ। पौराणिक कथामा आधारित फिल्म अर्पण गिरी (अरमान जंग)ले डेब्यू निर्देशन गरेका छन्।

निर्देशक गिरीसहित फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, आरजु प्रसाईं, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, ज्ञानेन्द्र थापा, विशाल बराल, अमित पौडेललगायत कलाकारको अभिनय छ।

युवराज गिरीले लगानी गरेको फिल्ममा निर्देशक गिरीकै कथा, पटकथा, संवाद र गीत छ। फिल्म गिरी ग्राण्ड फिल्म्स्को प्रस्तुति र गिरी ग्रेन्ड फिल्म प्रा.लि.को ब्यानरमा निर्माण भएको छ। फिल्ममा विनोद सापकोटाको छायांकन, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र नारायण रिजालको कोरियोग्राफी छ।

आज उपत्यकामा विएसआर मुभिज, सिडिसी सिनेमाज, सिके सिनेमाज, लोत्से मल, एनबी सेन्टर, कीर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, सिटिक्याक्स सिनेमाज, डिएम सिनेमा, गोपीकृष्ण मुभिज, अष्टनारायण पिक्र्चस, विश्वज्योति सिनेमा, आरके सिनेमाज, कलंकी सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मले सो पाएको छ।

प्रकाशित: १९ असोज २०८० ११:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =