‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मनमा’

हिमाल प्रेस १६ साउन २०८० १३:००
12
SHARES
‘वानर सेना’को पहिलो गीत ‘तिम्रो मनमा’

काठमाडौँ- फिल्म ‘वानर सेना’को ‘तिम्रो मनमा’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ। आगामी असोज २६ गतेदेखि प्रदर्शन गरिने फिल्मका निर्देशक अर्पण गिरी (अरमान जंग) हुन्। उनले यही फिल्मबाट निर्देशनमा हात हालेका छन्।

गीतमा निर्देशक गिरीको शब्द, स्वर छ भने गीतमा जोन तामाङले संगीत भरेका छन्। गीतमा फिल्मका मुख्य कलाकार अर्पण गिरी र आरजु प्रसाईलाई देख्न सकिन्छ।

निर्देशक गिरीकै कथा, पटकथा तथा संवाद रहेको फिल्म पौराणिक कथामा आधारित छ।

गिरी ग्राण्ड फिल्म्सको प्रस्तुतिमा बनेको फिल्ममा निर्देशकसहित आरजु प्रसाई, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायत कलाकारको अभिनय छ।

फिल्म विनोद सापकोटाको छायांकन, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन र बन्दे प्रसादको सम्पादमा बनेको छ।

युवराज गिरीको लगानी रहेको फिल्म सर्लाही र सप्तकोशी किनारमा छायांकन गरिएको छ।

 

प्रकाशित: १६ साउन २०८० १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =