‘वानर सेना’ को गीत आयो ‘तिम्रो जुनेली रूप’

हिमाल प्रेस १७ असोज २०८० १२:५४
12
SHARES
 ‘वानर सेना’ को गीत आयो ‘तिम्रो जुनेली रूप’

काठमाडौँ- फिल्म ‘वानर सेना’ को दोस्रो गीत सार्वजनिक भएको छ। गीतमा फिल्मका डेब्यू निर्देशक अर्पण गिरी (अरमान जंग)को स्वर र शब्द छ। निर्देशक गिरी र जोन तामाङले संगीत भरेका छन्।

गीतको भिडियोमा फिल्ममा कलाकारसमेत रहेका निर्देशक गिरी र आरजु प्रसाईलाई देख्न सकिन्छ। यसअघि फिल्मको टिजर र ‘तिम्रो मनमा’ बोलको गीत सार्वजनिक भइसकेको छ। पौराणिक कथामा आधारित फिल्म दसैँको अवसरमा असोज १९ गते प्रदर्शन हुनेछ।

फिल्ममा किशोर खतिवडा, सुरवीर पण्डित, आरजु प्रसाईं, अर्जुन गुरुङ, कामेश्वर चौरासिया, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, ज्ञानेन्द्र थापा, विशाल बराल, अमित पौडेललगायत कलाकारको अभिनय छ। निर्देशक गिरीकै कथा, पटकथा, संवाद र गीत रहेको फिल्म गिरी ग्राण्ड फिल्म्स्को प्रस्तुति र गिरी ग्रेन्ड फिल्म प्रा.लि.को ब्यानरमा नै बनेको छ।

फिल्ममा विनोद सापकोटाको छायांकन, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र नारायण रिजालको कोरियोग्राफी छ। फिल्मका निर्माता युवराज गिरी हुन्।

प्रकाशित: १७ असोज २०८० १२:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =