ओटिटीमा ‘हीरामन्डी’ सार्वजनिक

हिमाल प्रेस १९ वैशाख २०८१ १३:५७
6
SHARES
ओटिटीमा ‘हीरामन्डी’ सार्वजनिक

काठमाडौँ- वेब सिरिज ‘हीरामन्डीः द डायमण्ड बजार’ओटिटीमा सार्वजनिक भएको छ। ओटिटी प्लेटर्फम नेटफ्लिक्समा बुधबार(आज)देखि वेब सिरिज सार्वजनिक गरिएको हो।

आठ एपिसोडको रहेको वेब सिरिजका निर्देशक सञ्जयलीला भन्साली हन्। सिरिज ब्रिटिस शासनको क्रममा लाहौरको हीरामन्डी रेड लाइट एसियामा (वेश्यालय) चलाउने रानीहरूको कथामा आधारित छ।

सिरिजमा मनिषा कोइराला, अदिति राव हैदरी, ऋचा चढ्ढा, सोनाक्षी सिन्हा, शर्मिन सहगल, सञ्जीदा शेखलगायत कलाकारको अभिनय छ।

प्रकाशित: १९ वैशाख २०८१ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =