पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न सरकारको निर्देशन

हिमाल प्रेस १४ असोज २०८० १३:२७
40
SHARES
पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम गर्न सरकारको निर्देशन

काठमाडौँ– नेपाल आयल निगमले शनिबार मध्यरातिदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थको मूल्य लागू नहुने भएको छ। केहीबेर अघि प्रधानमन्त्रीले बोलाएको आकस्मिक मन्त्रिपरिषद्‌ बैठकले बढेको मूल्य लागू नगर्न निर्देशन दिएको हो।

बैठकअघि प्रधानमन्त्रीले आयल नियमका कार्यकारी निर्देशक उमेश थानीलाई बोलाएर सरकारसँग समन्वय नगरी मूल्य बढाएको भन्दै आपत्ति जनाएका थिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बढेको मूल्य रोकेर साविककै मूल्य कायम गर्न आयल निगमलाई निर्देशन दिएको बताएकी छन्। प्रधानमन्त्रीको निर्देशनपछि आइतबार नै आयल निगमले सूचना जारी गरेर पुरानै मूल्य कायम गर्न लागेको शर्माको भनाइ छ।

स्वचालित मूल्य प्रणालीको नाममा उपभोक्ता निचोर्दै निगम, फेरि बढायो ग्याससहित इन्धनको भाउ

 

प्रकाशित: १४ असोज २०८० १३:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − three =